काठमाडौं, १७ माघ । उर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालयले करेण्ट लागेर ज्यान गुमाएका परिवारलाई जनही पाँच लाख दिने भएको छ ।
उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले धनुषाको सबैलामा करेण्ट लागेर ज्यान गुमाएका परिवारलाई क्षतीपुर्ती दिने र सम्पुर्ण घाईतेहरुको उपचार समेत सरकारले व्यहोर्ने बताएका हुन् ।
उनले घटनाप्रती दुखः व्यक्त गर्दै पिडित परिवारलाई क्षतीपूर्ती दिने र घाईतेको सम्पूर्ण उपचार सरकारले व्यहोर्ने बताए ।
धनुषाको सवैला नगरपालिका ४ कोठिया बल्टीयामा विवाहको लागी जन्ती गएको बसमा करेण्ट प्रवाह आगलागी भएको थियो । उक्त घटनामा ६ जनाले ज्यान गुमाएका थिए ।



लाेकपाटी न्यूज

