सुर्खेत ,१७ माघ । सुर्खेत जिल्लाका विभिन्न स्थानहरुमा समुदाय प्रहरी साझेदारी अवधारणाअन्तर्गत बुधबार सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेत तथा मातहत कार्यालयबाट आआफ्नो क्षेत्र अन्तर्गतका स्थानमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।
वीरेन्द्रनगर नगरपालिका-१० बुलबुलेस्थित बुलबुले बिद्याज्योति सहकारी, सोही नगरपालिका-८ बुलबुले, शिबनगरटोल, शान्तीटोल तथा मेली, राम्चे, मलचोक, घुस्रा, सिम्ता गाउँपालिका ६ ज्यामिरेचौर, आली, दुर्पाला, चौकुने गाउँपालिका-७ जुम्लाहामुल र सोही गाउँपालिका-४ बागमारा उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।
यसैगरी पञ्चपुरी नगरपालिका-५ तिखाकुना, राख, पैसेरा, जामु, तोक्मा, बराहताल गाउँपालिका-८ ओदालताल, मङग्राहा, चन्दबास, लेकवेशी नगरपालिका स्याउली बजारस्थित सरस्वतीमावि तथा स्याउली बजार,भेरीगंगा नगरपालिका-२ लेखपराजुल, कालिदमार, गुर्भाकोट नगरपालिका बडाखोली, कोप्ची, शिबनगर, मालारानी, बोटेचौर बजार, टिमुरे र लेखबेशी नगरपालिका-५ डाडागाउँमा उक्त कायैक्रम सञ्चालन गरिएको थियो ।
स्थानीय निकाय तथा समाजसेवीको सहकार्यमा जिल्लाप्रहरी कार्यालय सुर्खेतद्वारा आयोजित उक्त कार्यक्रममा लागूऔषध दूव्र्यसनी, महिला हिंसा न्यूनिकरण, घरेलु मदिरा नियन्त्रण, मानव वेचबिखन र बाल विवाह रोकथाम लगायतका विषयमा छलफल गरिएको हो ।
सबै कार्यक्रममा स्थानीय समाजसेवी, विद्यालयका प्रधानाध्यापक एवम् स्थानीयबासीको सक्रिय सहभागिता रहेको थियो ।



लाेकपाटी न्यूज

