कलेजको ब्रह्मलुटविरुद्ध अखिल (क्रान्तिकारी)को यस्तो एक्सन

KENNT
लाेकपाटी न्यूज

काठमाडौं । नेकपा निकट अखिल (क्रान्तिकारी)ले राजधानीमा रहेको केईएनएनटी कलेजले विद्यार्थीहरुको भविष्यमाथि गम्भीर खेलवाड गरेको भन्दै संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संगठनको विज्ञप्तिका अनुसार उक्त कलेजले स्वीजरल्याण्डको युरेका विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भनिएको कुरा झुट हो । कलेजले नेपाल सरकारबाट समेत स्वीकृति नलिएको र विद्यार्थीहरुको भविष्यमाथि गम्भीर खेलवाड गरेको संगठनको विज्ञप्तिमा भनिएको छ ।

संगठनको ३ नम्बर प्रदेश समितिमा जारी विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौंको शान्तिनगरमा रहेको स्वीजरल्याण्डको युरेका विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भनिएको KENNT College of Technology & Management ले सयौं विद्यार्थीबाट लाखौं रुपैयाँ लिएर कलेज सञ्चालन गर्दै आएकोमा विद्यार्थीहरु पाँचौं सेमेस्टर पढाइसक्दा पनि झुटको खेती गरी कुनैपनि विश्वविद्यालयबाट सम्बन्धन नलिएको नेपाल सरकारबाट समेत स्वीकृतिसमेत प्राप्त नगरी विद्यार्थीहरुलाई भ्रममा पारी विद्यार्थीहरुको शैक्षिक भविष्यलाई लथालिङ्ग पारेर शैक्षिक व्यापारीहरुले विद्यार्थीमाथि ब्रह्मलुट गरेको घटनाप्रति हाम्रो संगठन अखिल (क्रान्तिकारी)को गम्भीर ध्यानाकर्षण भएको छ ।’

कलेजको सबै सम्पत्ति जफत गरी हदैसम्मको कारवाही गर्नुपर्ने माग संगठनको छ । अखिल क्रान्तिकारीले घटनाको निष्पक्ष छानविन गरी विद्यार्थीहरुको शैक्षिक भविष्य सुनिश्चितको माग राख्दै विदेशी विश्वविद्यालय समन्वयन समिति ३ नम्बर प्रदेशको कार्यालयमा ताला लगाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्