कार्यकर्तालाई प्रकाशमानको निर्देशन- सरकारले अति गर्‍यो, प्रतिवाद गर्नु

prakashman sinha
लाेकपाटी न्यूज

चितवन, १६ माघ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकार सर्वसत्तावादी सोचका साथ अघि बढे सशक्त रुपमा प्रतिवादमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

बुधबार चितवनमा आयोजनित एक प्रशिक्षण कार्यक्रममा बोल्दै नेता सिंहले यस्तो निर्देशन दिएका हुन् । उनले माघ २१ गते देशभर हुने प्रदर्शनमा सरकारलाई दबाब दिन कार्यकर्तालाई आह्वान गरे । सरकारको बोली र व्यवहार फरक भएकाले विश्वास गर्न सकिने अवस्था नभएकाले अब सदनदेखि सडकसम्म जिम्मेवार प्रतिपक्षीको रुपमा खबरदारी गर्नुको विकल्प नभएको समेत उनले बताए ।

उनले सरकारलाई बहुमत छ भन्दैमा जे गर्न पनि छुट नभएको उल्लेख गरे । वर्तमान सरकार शान्ति सुरक्षा कायम गर्न नसक्ने र भ्रष्टाचारमा लिप्त रहेको एकपछि अर्को घटनाले प्रष्ट पारेको उनको भनाइ थियो ।

एक फरक प्रसङ्गमा बोल्दै पार्टीलाई विधिविधान अनुसार चलाउन नसके दुई तिहाईको अधिनायकवादको सामना गर्न नसकिने उनको धारणा थियो । उनले वर्तमान चुनौति सामना गर्न सबै तहका नेता तथा कार्यकर्तालाई आह्वान गरे ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्