शहिद घोषणा नगरे आन्दोलन गर्छौं : उपाध्यक्ष बस्नेत

surendra basnet
लाेकपाटी न्यूज

काठमाडौं, १६ माघ । नेकपा निकट अनेरास्ववियू (क्रान्तिकारी)का वरिष्ठ उपाध्यक्ष सुरेन्द्र बस्नेतले संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउने क्रममा जीवन उत्सर्ग गर्ने सबै महान् योद्धाहरुलाई सहिद घोषणा गर्न सरकार समक्ष माग गरेका छन् ।

सशस्त्र संघर्षको दौरानमा ज्यान गुमाउने २८ सय प्रहरीलाई शहिद घोषणा गरिएको तर अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न ज्यान गुमाउने योद्धाहरुलाई अझै सहिद घोषणा नगरिएकोमा बस्नेतले आक्रोश पोखेका छन् । बस्नेतका सहोदर दाई पुष्पराज बस्नेत र सहोदर भाई धीरेन्द्र बस्नेत तत्कालीन सेनाद्वारा अहिलेसम्म बेपत्ता पारिएका छन् ।

आज शहिद दिवसको दिन आफ्नो फेसबुक वालमा बस्नेतले लेखेका छन्- ‘अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन जीवन उत्सर्ग गर्ने महान् योद्धाहरुलाई तिनकै रगतमा टेकेर सरकारमा पुगेकाहरुले अविलम्ब शहिद घोषणा गरेनन् भने त्यो निकै धेरै दुर्भाग्यपूर्ण हुन्छ, सम्बन्धित सबैलाई हेक्का रहोस् । र, हेक्का राख्न विलम्ब नहोस् ।’

बस्नेतले प्रहरीलाई शहिद घोषणा गरेकोलाई भने स्वाभाविक ठानेका छन् । उनले लेखेका छन्- ‘प्रहरी पनि गरिaका छोरा हुन् । कर्तव्य निर्वाह गर्दा ज्यान गुम्यो । नयाँ नेपाल बनाउन सबै मिल्नुपर्छ भन्ने अर्थमा त्यो ठिकै छ ।’

बस्नेतले सरकारले तत्काल सशस्त्र जनयुद्धका क्रममा जीवन गुमाउने योद्धाहरुलाई शहिद घोषणा नगरे देशभरका शहिद तथा बेपत्ता योद्धाका परिवार मिलेर आन्दोलनमा जानुको विकल्प नहुने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्