काँग्रेसको माग पूरा, दुवै स्वास्थ्य संस्था केन्द्रकै मातहतमा रहने

PM office01
लाेकपाटी न्यूज

काठमाडौं, १६ पुस । सरकारले काँग्रेसका माग पूरा गरेको छ । आफ्ना दुई सभापतिको नाममा रहेका स्वास्थ्य संस्थालाई केन्द्रको मातहतमा राख्नुपर्ने माग राख्दै नेपाली काँग्रेसले संसदमा हङ्गामा मच्चाएको थियो ।

तर, सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, तनहुँ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई केन्द्र सरकारकै मातहतमा राख्ने निर्णय गरेको हो ।

सरकारले यसअघि काँग्रेस सभापतिको नाममा रहेको स्वास्थ्य संस्थालाई प्रदेश सरकारको मातहतमा राख्ने निर्णय गरेको थियो । तर, सरकारले यो निर्णय बिहीबार मात्रै सार्वजनिक गर्ने बताइएको छ ।

काँग्रेसले आफ्नो माग पूरा नभए माघ २१ गते देशभर प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्