रामचन्द्रको प्रस्ताव देउवाद्वारा ठाडै अस्वीकार

Sher Bahadur Deuba
लाेकपाटी न्यूज

काठमाडौं, १५ माघ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको महाधिवेशन प्रस्ताव सभापति शेरबहादुर देउवाले अस्वीकार गरेका छन्।

केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता पौडेलले २०७६ फागुन ७ गतेका लागि पार्टीको १४ औं महाधिवेशन गर्न प्रस्ताव गरेका थिए । पौडेलको प्रस्तावलाई सभापति देउवाले त्यसलाई ठाडै अस्वीकार गरेका हुन् ।

देउवाले साढे ५ वर्षमा मात्रै महाधिवेशन हुने बताएपछि अग्रिम महाधिवेशन माग गर्दै आएको पौडेल पक्ष देउवाको जवाफबाट असन्तुष्ट बनेको छ । विधानअनुसार देउवाको कार्यकाल २०७६ साल फागुन अन्तिममा सकिन्छ । वरिष्ठ नेता पौडेलले प्रस्ताव गरेको मिति अग्रिम नभएर नियमित महाधिवेशनकै हो । देउवाले संविधान र पार्टी विधानले दिएको सुविधाअनुसार कार्यकाल थप डेढ वर्ष लम्ब्याउन चाहेको छन् ।

यस्तै वाइडबडी लगायत भ्रष्टाचारका विषयमा सभापति देउवा रहस्यमय ढंगबाट बोल्न छाडेकोमा पनि पौडेल पक्षले असन्तुष्टि प्रकट गरेको छ । केन्द्रीय समिति बैठकमा लिखित प्रस्तावमै यो मुद्दालाई पार्टीले अघि बढाउनुपर्नेमा पौडेल पक्षको जोड छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्