दाङ, १४ माघ । पछिल्लो समय दाङमा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढेको छ । जिल्लामा रहेको प्रदेश स्तरको अस्पताल तुलसीपुरमा यस आर्थिक वर्षमाका माघ १३ गतेसम्म १ सय ४५ भन्दा बढिले सुरक्षित गर्भपतन गराएका छन् ।
अस्पतालले दिएको जानकारी अनुसार यो सेवा लिनेहरुमा अधिक मात्रामा १७ वर्षदेखि २० वर्षसम्मका रहेका छन ।
त्यसैगरी २० वर्षमाथिका महिलाहरुले भने न्युन गर्भपतन गराउने गरेको अस्पतालका मेडिकल रेकर्डर दुर्गा रेग्मीले जानकारी दिए । उनका अनुसार सुरक्षित गर्भपतन गराउनेमा केही अविवाहित पनि रहेका छन् ।
त्यसैगरी गत वर्ष सो अस्पतालबाट एक हजार ४८ जना महिलाले सुरक्षित गर्भपतन गराएका थिए । २० वर्षमुनिका ५९ जना, २० वर्षमाथिका ९ सय ८९ जना महिलाले निःशुल्क रुपमा गर्भपतन गराएका थिए ।
सबैभन्दा बढी दाङ, केही सल्यान, रुकुम र रोल्पा जिल्लाका पनि रहेका छन् । अस्पतालमा सुरक्षित गर्भपतन गराउन आउनेले आफूलाई चिन्ने डरले केहीले आफ्नो ठेगाना समेत ढाट्ने गरेको पाएको छ ।



लाेकपाटी न्यूज

