शिक्षण अस्पतालले भन्याे- अस्पतालबाट हट्नुस्

लाेकपाटी न्यूज

काठमाडौं, १४ माघ । चिकित्सा शिक्षा सुधारलगायतका माग राखेर गत पुस २५ गतेदेखि अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाका लागि अस्पताल परिसरमा बस्न लागेकोमा शिक्षण अस्पतालले आपत्ति जनाएको छ ।

डा. केसीको समर्थनमा नेपाल चिकित्सक संघले माघ १३ गते प्रेस विज्ञप्ति निकालेर अस्पताल परिसरमा रिले अनशन बस्ने जनाएको थियो । सोमबार शिक्षण अस्पतालले चिकित्सक संघको विज्ञप्तिलाई लिएर ध्यानाकर्षण भएको बताएको हो । अस्पतालको अपील गर्दै धर्ना, अनशन, रिले अनशनजस्ता गतिविधिले स्वास्थ्योपचारमा समस्या हुने भएकाले त्यस्ता कार्य नगर्न आग्रह गरेको छ ।

यस्तो छ अस्पतालद्वारा जारी अपील :

Press Realese01

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्