दुवै खुट्टा गुमाएका लाहुरे सगरमाथा चढ्ने तयारीमा

Haribdr budha
लाेकपाटी न्यूज

काठमाडौं, १४ माघ । बम विस्फोटमा  दुवै खुट्टा गुमाएका हरिबहादुर बुढा मगर सगरमाथा आरोहण गर्ने भएका छन् ।

उनले अफगानिस्तानमा तालिबानको एम्बुसमा परेर दुवै खुट्टा गुमाएका हुन् । तर पनि उनले जिवनबाट हार खाएका छैनन् । दृढ आँट र अठोटका साथ उनी अब सगरमाथा चढ्ने तयारीमा छन् ।

उनले सगरमाथा चढ्ने बच्चैदेखिको सपना रहेको बताए । ‘ बच्चामा हिमाल चढ्न सम्भव भएन, आर्मी भएपछि छुट्टी पाइएन । अहिले दुबै खुट्टा गएपनि यो मैले सम्भव देखेको छु’ उनले भने, ‘ मैले सोचेकै थिएन दुबै खुट्टा गुमाउछु भनेर तर सोचे भन्दा जीन्दगी फरक हुँदो रहेछ । मलाई थाहा थिएन आधा ज्यान कति महत्वपूर्ण हुन्छ भनेर अहिले बुझ्दै छु ।’

उनी राजकुमार ह्यारीले शुरु गरेको इन्भिक्टस गेम्सु, जसमा ब्रिटेन र अमेरिका सहित विभिन्न देशका शारीरिक अपाङ्गता भएका सैनिकले भाग लिने कार्यक्रममा सहभागी भएका छन्। साथै उनी युरोपका केही पर्वत र नेपालका शिखर पनि चढेका छन्।

सन् १९९९ मा ब्रिटिस गोर्खा सेनामा भर्ती भएका हरिबहादुर बुढा मगर ३९ वर्षअघि रोल्पामा जन्मेका हुन्। उनले ‘मोनब्लोङ्क र मेराविक’ जस्ता हिमाल चढरे वल्ड रेकर्ड राख्न पनि सफल भए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्