काठमाडौं, १४ माघ । चिनियाँ सरकारले कोटेश्वर–कलंकी–चक्रपथ सडकखण्ड नेपाललाई हस्तान्तरण गरेको छ ।
चिनियाँ सरकारको सहयोगमा आठ लेनको सडक सोमबार एक कार्यक्रमकाबीच चिनियाँ राजदूत होउ यांकीले प्रधानमन्त्री केपी ओलीलाई हस्तान्तरण गरेकी हुन् ।
यो सडक निर्माणको ठेक्का चिनियाँ कम्पनी सङ्घाई कन्स्ट्रक्सन ग्रुपले गरेको थियो ।
यस परियोजनाको निर्माणमा प्राविधिक जनशक्ति सबै चिनियाँ नागरिक नै थिए । अदक्ष कामदार भने नेपाली र चिनियाँ दुवै थिए ।



लाेकपाटी न्यूज

