गोविन्द केसी कानूनभन्दा माथि छैनन् : प्रधानमन्त्री

kp_shrma_oli_pm
लाेकपाटी न्यूज

काठमाडौं, १२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमा विरोध हुनु स्वभाविक भएको बताएका छन् ।
स्विट्जरल्यान्डमा सम्पन्न विश्व आर्थिक मञ्चको बैठकमा सहभागी भएर प्रधानमन्त्री केपी शर्मा ओली शनिबार स्वदेश फर्किएका छन्।

शनिबार बिहान स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकारसँग कुरा गर्दै लोकतन्त्रमा विरोध हुनु स्वाभाविक भएको बताएका हुन् ।

शुक्रबार प्रतिनिधिसभाबाट पारित राष्ट्रिय चिकित्सा विधेयक–२०७५ को कांग्रेसले विरोध गरिरहेको बारे पत्रकारले राखेको पश्नको जवाफ दिँदै उनले उनले भने, ‘लोकतन्त्रमा विरोध हुनु स्वभाविक हो । यसलाई उधुमको विषय नबनाऊ।’

पधानमन्त्री ओलीले संविधान र कानूनभन्दा माथि कुनै पनि व्यक्ति र संस्था नरहेको भन्दै सबै आफ्नो मर्यादामा रहनुपर्ने समेत बताए । ओलीले डा. गोविन्द केसीको अनशनप्रति इंगित गर्दै लोकतन्त्रमा कानूनभन्दा माथि कोही पनि नभएको बताए ।

उनले सबै चिजको विधि र प्रक्रिया हुने र त्यो विधि र प्रक्रियाबाट कोही पनि बाहिर जान नहुने भन्दै डा. केसीको नामै नलिइ उनले संविधान र कानुको मर्यादा गर्न सिक्नुपर्ने भनाई राखे ।

प्रधानमन्त्री ओली स्वीट्जरल्याण्डको डाबोस शहरमा आयोजित विश्व आर्थिक मञ्चको ४९ औं बैठकमा भाग लिन गत आइतबार त्यसतर्फ प्रस्थान गरेको थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्