काठमाडौं, १२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्ष अगाडि कालो झण्डा देखाइएको हो । कालो झण्डा देखाउने कार्यमा संलग्न काँग्रेसको भातृ संगठन नेविसंघका ४ नेताहरु रहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा नेविसंघका केन्द्रीय सदस्य सुशील भट्ट नेताहरु निरञ्जन थापा, सुवास घिमिरे सुदीप अधिकारी रहेका छन् ।
उनीहरुले प्रतिपक्षी दलको विरोधका बाबजुत पारित भएको चिकित्सा शिक्षा विधेयकको विरोधमा प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाएको जनाइएको छ ।
स्विट्जरल्यान्डको डाभोसमा आयोजित विश्व आर्थिक मञ्चको ४९ औं बैठकमा सहभागी हुन गएका ओली स्वदेश फर्किने क्रममा उनीहरुले कालो झण्डा देखाएका हुन् ।



लाेकपाटी न्यूज

