मोदीलाई प्रधानमन्त्री ओलीको शुभकामना

लाेकपाटी न्यूज

काठमाडौं, १२ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतको ७० औं गणतन्त्र दिवसका अवसरमा शुभकामना दिएकी छिन्। त्यहाँका राष्ट्रपति रामनाथ कोविन्दलाई शनिबार एक सन्देश पठाउँदै उनले शुभकामना दिएकी हुन् ।

सोही अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि एक सन्देश पठाउँदै हार्दिक शुभकामना दिएका दिए ।

यस्तै उपपराष्ट्रपति नन्दबहादुर पुनले पनि आफ्ना भारतीय समकक्षी एम भिनकाइ नाइडुलाई सन्देश पठाउँदै गणतन्त्र दिवसको शुभकामना दिएका हुन्।

उनीहरुले आ-आफ्ना समकक्षीलाई बेग्ला-बेग्लै पठाएकाे शुभकामना सन्देशमा भारतका राष्ट्रपति कोविन्दा, उपराष्ट्रपति नाइडु र प्रधानमन्त्री मोदीको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै भारतीय जनताको निरन्तर प्रगतिको कामना गरेका छन्।

सन्देशमा उनीहरूले दुवै देश र जनताबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विश्वास समेत व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्