भरतमोहनको स्वास्थ्य अवस्था जटिल बन्दै

Bharatmohan-Adhikari01
लाेकपाटी न्यूज

काठमाडौं, १० माघ । पूर्वउपप्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भरतमोहन अधिकारीको स्वास्थ्य अवस्थामा सुधार आएको छैन ।

गत माघ २ गते राति १२ बजे मुटु, श्वासप्रश्वास र छातीको संक्रमणको उपचारका लागि ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका नेता अधिकारीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको हो । स्वास्थ्यमा उल्लेख्य सुधार हुन नसकेपछि नेता अधिकारीको माघ ९ गते बुधबारदेखि सिसियूमा राखेर उपचार भइरहेको नेकपाका नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिएका छन् ।

८२ वर्षीय अधिकारीले उपप्रधानमन्त्री, अर्थमन्त्री, जलश्रोत, कानूनलगायतका मन्त्रालयको सम्हालिसकेका छन् ।

यसैबीच नेता श्रेष्ठले नेकपा केन्द्रीय कार्यालयको तर्फबाट विज्ञप्ति जारी गरी अधिकारीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्