काठमाडौं, ९ माघ । नेपाली कांग्रेसका नेता महेश आचार्यले दुई तिहाइ बहुमतको सरकारले एक वर्षमा जनतालाई विकासको प्रत्याभूति दिन नसकेको बताएका छन् ।
पाल्पाको रामपुरमा बुधबार कांग्रेस कार्यकर्तासँगको भेटघाट कार्यक्रममा उनले जनमतको सदुपयोग गर्दै रचनात्मक खालको काम गर्न सरकारलाई आग्रह गरेका हुन् ।
पैसा खन्याएर मात्र देशको आर्थिक समृद्धि नहुने बताउँदै उनले जनतालाई चलायमान र उत्पादनमूलक क्षेत्रमा नलगाएसम्म देशको विकास नहुने विचार व्यक्त गरे ।
उनले कांग्रेसले ७२ वर्षे लामो इतिहासमा कम समय सत्तामा बसेर मुलुकमा बढ्दै गरेको हिंसा र दमन शोषणविरुद्ध तथा जनताको हितका लागि काम गरेका दावी समेत गरे ।



लाेकपाटी न्यूज

