माओवादी नभएको भए गणतन्त्र आउने थिएन : योगेश भट्टराई

Yogesh Bhattarai
लाेकपाटी न्यूज

काठमाडौं, ७ माघ । नेकपाका युवा नेता तथा सांसद योगेश भट्टराईले माओवादी लडाकुकै कारण देशमा गणतन्त्र आएको बताएका छन् । सोमबार दिउँसो नेकपा मूख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

डा. गोविन्द केसीको अनशनबारे नेकपानिकट अखिल, अखिल (क्रान्तिकारी), वाइसिएल र युवा संघको संयुक्त कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । युवाहरुको भेलामा नेता भट्टराईले भने, ‘ती लडाकुहरु बोकेर ल्याएका चिज पनि लिएर जान्छन की यत्तिकै खाली हात जङ्गल फर्केलान् त ” अब पक्का काङ्ग्रेशका नेताहरुको दिमाग फुस्केछ, देश बचाउने र देश जोगाउने जिम्मा युवाहरुको हातमा छ, तपाईहरु तयार रहनुस् ।’

अघिल्लो दिन संसदमा बोल्दै नेपाली कांग्रेसका उपनेता विजय गच्छदारले माओवादी नेता–कार्यकर्तालाई अपमानजनक शब्द बोलेका थिए । पेरिसडाँडा बैठकमा नेताहरुले त्यसप्रति आपत्ति जनाउँदै माओवादी नभएको भए गणतन्त्र नै सम्भव नभएको बताएका हुन् ।

कार्यक्रममा पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीले डा. गोविन्द केसी गिरोहको योजनामा फसेको बताए । ‘सरकारले आम नागरिकको हितकै लागि चिकित्सा विधेयक ल्याएको छ । तर, डा. गोविन्द केसी अमूक गिरोहको योजनामा फसेका छन् । त्यसले उनकै भलो गर्दैन ।’

कार्यक्रममा वाइसियल फ्याक्सन ईन्चार्ज मनि थापाले पार्टीभित्र व्यापक रुपान्तरणमा जोड दिए । उनले भने, ‘अब छिट्टै मोर्चाहरुको पनि एकता सकिन्छ । हामी व्यापक एकतासहित सुद्दिकरण र सुदृढीकरण अभियानमा जानुपर्छ । त्यसको पहल लिने जिम्मा युवा र विद्यार्थीहरुको नै हो ।’

कार्यक्रममा वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटा दिपशिखाले युवाहरु कुनै भ्रममा नपरी प्रतिक्रियावादी षड्यन्त्रका विरुद्ध उभिनुपर्ने बताए । त्यसैगरि युवा संघका अध्यक्ष रमेश पौडेलले गोविन्द केसी कांग्रेसको गोटी बनेको आरोप लगाए ।

कार्यक्रममा अखिल र अखिल (क्रान्तिकारी) का नेताहरुले पनि डा. गोविन्द केसीको अनशन लगायतका विषयमा अगुवा कार्यकर्तालाई प्रशिक्षित गरेका थिए । पेरिसडाँडा भेलाले चिकित्सा शिक्षा विधेयकका पक्षमा सडकबाट दवाव दिने निर्णय गरेको छ ।

6E45262E-599F-42CD-ABBA-96EF68D0367F

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्