राजदूत र संयुक्त राष्ट्र संघका स्थायी प्रतिनिधिबारे सुनुवाइ हुँदै 

sunuwai-samiti
लाेकपाटी न्यूज

काठमाडौं, ८ माघ । संसदीय सुनुुवाई बिशेष समितिमा २ राजदूत र संयुक्तराष्ट्र संघका स्थायी प्रतिनिधिबारे सुनुवाइ हुँदैछ । सुनुवाईको लागि अहिले संसदीय सुनुुवाई बिशेष समितिको बैठक बसिरहेको छ ।

बैठकमा क्यानडाको लागि राजदूतमा सिफारिस भएका भृगु ढुंगाना, कुवेतको राजदूतको लागि प्रस्तावित दुर्गाप्रसाद भण्डारी र संयुक्तराष्ट्र संघको स्थायी प्रतिनिधिलाई सिफारिस मणिप्रसाद भट्टराईबारे छलफल भइरहेको हो ।

सरकारले पुस ६ र ९ गते ढुंगाना तथा भण्डारीसहित ४ राजदूत र भट्टराईलाई संयुक्तराष्ट्रको स्थायी प्रतिनिधि सिफारिस गरेको थियो ।

त्यसमध्ये  थाइल्याण्डको लागि राजदूतमा प्रतावित गणेशप्रसाद ढकाल र फ्रान्सको राजूतमा प्रस्तावित दीपक अधिकारीको यसअघि नै सुनुवाइ  भइसकेको छ । समितिले उनीहरुलाई राजदूतको लागि अनुमोदन गरिसकेको छ । अनुमोदन गरेपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्ने संवैधानिक प्रावधान छ ।

 

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्