काठमाडौं, ८ माघ । काठमाडौमा विहान भूकम्पको धक्का महसुस भएको छ ।
मंगलबार विहान ११ बजेर २६ मिनेटमा काठमाडौंको थापाथली केन्द्रबिन्दु भएर ३ दशमलव ३ रेक्टरस्केलको पराकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार २०७२ बैशाख १२ गतेको भूकम्पको पराकम्प अझै रोकिएको छैन । २०७२ यता ४ दशमलव भन्दा माथिको ५ सय भन्दा बढी पराकम्प गइसकेको केन्द्रले बताएको छ । ४ रेक्टर भन्दा साना पराकम्पले केहि असर नपार्ने बताउदै केन्द्रले सर्वसाधारणलाई नआत्तिन भनेको छ ।



लाेकपाटी न्यूज

