क्रान्तिकारीका सचिव खनालमाथि आक्रमण

Narayan Khanal01
लाेकपाटी न्यूज

काठमाडौं, ८ माघ । पूर्वमाओवादी निकट अखिल क्रान्तिकारीका सचिव नारायण खनालमाथि आक्रमण भएको छ ।

उनलाई तत्कालीन माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडाबाट फर्कने क्रममा अज्ञात समूहले तिनकुनेमा कुटपिट गरेको हो । उनलाई पछाडिबाट दुई जनाले हेल्मेट प्रयोग गरी अन्धाधुन्ध आक्रमण गरेको क्रान्तिकारीका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए ।

उनका अनुसार आक्रमणबाट खनालको टाउकोमा गहिरो चोट लागेको छ र खनालेको बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ । आफ्ना नेतामाथि भएको आक्रमणको गम्भीर छानविन र कारवाहीका लागि अखिल क्रान्तिकारीले महानगरीय प्रहरी वृत्त तिनकुनेमा उजुरीसमेत दिएको छ ।

घटनामा संलग्नलाई तत्काल गिरफ्तार गरी कडा कारबाही गर्न उपाध्यक्ष बस्नेतले माग गरेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्