काठमाडौं, ८ पुस । भूतपूर्व गोरखा सैनिकका अवकाशप्राप्त मेजर एवं गैरआवसीय नेपाली सङ्घ यूकेका उपाध्यक्ष डा. प्रेम आले सम्मानित भएका छन् ।
डा. आलेलाई स्याङ्जा जिल्लाको जामुनेडाँडा माध्यमिक विद्यालयले सम्मान गरेको हो । अन्तर्राष्ट्रिय सम्बन्ध र अन्तर्राष्ट्रिय सूरक्षामा विद्यावारिधि गरेका आले शैक्षिक तथा सामाजिक गतिविधिमा क्रियाशील छन् ।
डा. आलेलाई बिरुवा गाउँपालिकाका अध्यक्ष चुनप्रसाद शर्माले सम्मान गरेका हुन् । आले जामुनेडाँडा माविका भूपू विद्यार्थीसमेत हुन् । सो अवसरमा आलेले आफू पढेको विद्यालयलाई रु. एक लाख आर्थिक सहयोग पनि गरेका थिए ।




लाेकपाटी न्यूज

