बिपी मार्ग भत्काएर केपी मार्ग बनाउनुस् : विजय गच्छदार

bijaya-gachhedar
लाेकपाटी न्यूज

काठमाडौं, ७ पुस । नेपाली काँग्रेसका सांसद् विजयकुमार गच्छदारले सरकारले काँग्रेस नेताको नाममा खोलिएको अस्पताल खारेर गरेर लोकतन्त्रको इतिहास मेटाउन खोजेको आरोप लगाएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद् गच्छदारले दुई पूर्वसभापति गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खोलिएको अस्पताललाई केन्द्रीय मातहतमा नल्याएको भन्दै विरोध गरेका हुन् ।

उनले भने, ‘यो सार्वभौम संसद्को अपमान हो । जसको नेतृत्वमा गणतन्त्र घोषणा भयो र संविधान घोषणा भयो उसको नाम मेटाउने कुरा संसद्को अपमान हो ।’ उनले सरकारले लोकतन्त्र र गणतन्त्र‍ स्थापनाका लागि गिरिजाप्रसाद कोइरालाले दिएको योगदानलाई भुलेको बताए ।

उनले हिम्मत भए काँग्रेस नेताको नाम रहेको संस्था वा सडकको नाम फर्न सरकारलाई चुनौतिसमेत दिए । उनले भने, ‘सरकारसँग क्षमता छ भने विपी मार्ग खारेज गरेर देखाओस् अनि सक्नुहुन्छ भने त्यसलाई केपी शर्मा ओली मार्ग बनाएर देखाइयोस् ।’

उनले सरकारको निर्णयहरु दुई तिहाईको अंहकार भएको आरोप लगाए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्