माघ ७ गते सोमबारको राशिफल

Rashiphal
लाेकपाटी न्यूज

काठमाडौं । २०७५ माघ ७ गते सोमबारको राशिफल :

मेष

पैतृक सम्पत्तिमा विवाद बढ्नेछ । सामान हराउन पनि सक्नेछ सचेत रहनुहोला । काम बिगार्नेको सक्रियता पनि रहने देखिन्छ ।

मिथुन

नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । बाहन सुख मिल्नेछ । प्रेमीको सहयोग पाइनेछ । स्वादिष्ट भोजन पाइनेछ ।

सिंह

महत्वपूर्ण अवसर गुम्न सक्नेछ । खर्चको मात्रा बढ्नेछ । व्यवसायमा मन्दी आउला । सरकारी निकाएको भय रहला ।

तुला

लक्ष्मीको शुभ दृष्टि रहला, मनमा उत्साहका साथै बोली बिक्ने समयछ । मान प्रतिष्ठामा बृद्धि होला । प्रेम सम्बन्ध कसिलो हुनेछ ।

धनु

सामान हराउने वा नष्ट हुनेछ । कामहरू अधुरै रहलान् । घर व्यवहारको समस्याले सताउला । सरकारी निकायको भय रहला ।

कुम्भ

धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । रोकिएको धन हात पर्नेछ ।

वृष

आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । शुभ समाचार सुन्न पाइएला ।

कर्कट

प्रेम र मित्रताको बन्धन गाढा हुँदै जानेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ ।

कन्या

प्रेमीसँग भेटघाट सम्बन्ध कसिलो हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । बोलीको प्रभाव बढ्नेछ । शुभ समाचार सुन्नमा आउला ।

वृश्चिक

विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार सुन्नमा आउला ।

मकर

नजिकको व्यक्तिबाट सहयोग मिल्नेछ । सामाजिक पद प्रतिष्ठा प्राप्त हुने देखिन्छ । वाणिज्य क्षेत्रबाट विशेष लाभ रहनेछ । प्रेममा मधुरता छाउनेछ ।

मीन

मनोरञ्जनमा सहभागी भइएला । व्यापार, व्यवसायमा लाभ हुनेछ । शिक्षामा सफलता मिल्नेछ । रोमाञ्चक यात्रा हुनेछ ।

-ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्