कस-कसलाई गरियो पाँच संवैधानिक आयोगमा सिफारिस ?

Ganesh Timalsina01
लाेकपाटी न्यूज

काठमाडौं, ६ माघ । संवैधानिक परिषद्ले राष्ट्रिय प्रकृति तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेलको नाम सिफारिस गरेको छ ।

आइतबार बसेको परिषद्को बैठकले राष्ट्रिय प्रकृति तथा वित्त आयोगको अध्यक्षमा पौडेलको नाम सिफारिस गरेको हो । त्यस्तै परिषद्ले राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा शान्तराज सुवेदी, मधेशी आयोगमा डा. विजयकुमार दत्तलाई सिफारिस गरेको छ ।

थारु आयोगको अध्यक्षमा विष्णुप्रसाद चौधरी तथा मुस्लिम आयोगमा समिम अन्सारीको नाम सिफारिस गरिएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्