काठमाडौं, ६ माघ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बिचौलियालाई कानूनी दायरामा ल्याउन अदालतको अवहेलनाअन्तर्गत कारवाही गर्ने तयारी भइरहेको बताएका छन् ।
संवैधानिक तथा कानून पत्रकार मञ्चका अध्यक्ष लीलाधर उपाध्यायसहित टोलीसँग आइतबार भएको भेटमा उनले सर्वोच्च अदालतको पूर्ण बैठकबाट ऐन संशोधन गरी न्याय सम्पादनमा अदालतको गरिमामा आँच पुर्याउने कार्य गरेमा अदालतको अवहेलनाअन्तगर्त कारवाही गरिने बताए ।



लाेकपाटी न्यूज

