काठमाडौं, ६ माघ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सार्वजनिक यातायातमा हुने महिला तथा बालबालिकामाथिको हिंसालाई अन्त्य गर्न अभियान नै सञ्चालन गर्न लागिएको बताएका छन् ।
आइतबार काठमाडौं प्रहरी परिसर, टेकुमा निर्मित नागरिक सहायता कक्षको उद्घाटन गर्दै महानिरीक्षक खनालले शान्ति सुरक्षालाई सुदृढ बनाउन प्रहरी लागिपरेको बताए । उनले अपराध नियन्त्रणका लागि नागरिकले पनि साथ दिनुपर्ने बताए । नागरिकको सहायताविना प्रहरीले कुनै पनि दायित्व पूरा गर्न नसक्ने उनको भनाइ थियो ।
नेपालमा नागरिक समाज र प्रहरीबीचको सम्बन्ध विकसित देशहरुको भन्दा बढी सुमधुर रहेको उनले बताए । प्रहरीले शान्ति सुरक्षालाई चुस्त बनाउँदै समाजको विकासका पनि योगदान गर्नुपर्ने धारणा राखे ।
शान्ति सुरक्षा दिन र अपराध नियन्त्रणका लागि प्रहरीले महिला संजाल र महिला तथा बालबालिकाको क्षेत्रमा कार्यरत संघ, संस्थाहरुसँग सहकार्य गरेर अघि बढ्ने बताए ।
भवन नेपाल बंगलादेश बैंकको १९ लाख ५० हजार आर्थिक सहायतामा बनेको बताइएको छ ।



लाेकपाटी न्यूज

