कांग्रेस पूर्वसभापति एवं पूर्वसांसद भुसाल नेकपामा प्रवेश

Tirtha Bhusal
लाेकपाटी न्यूज

काठमाडौं, ५ माघ । नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति एवं पूर्वसांसद तीर्थ भुसाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । भुसाल चितवन निवासी हुन् ।

उनलाई नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपामा प्रवेश गराएका हुन् । भुसाललाई प्रचण्डले खुमलटारमा आयोजित कार्यक्रमका बीच नेकपामा प्रवेश गराएका हुन् ।

तीर्थ भुसाल नेपाली कांग्रेस चितवनका पूर्वसभापति समेत हुन् । २०५१ सालको निर्वाचनमा उनी चितवनबाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । उनी चितवन कांग्रेसका संस्थापक नेता हुन् ।

माडी नगरपालिका निवासी भुसाल भद्र र इमान्दार नेताका रुपमा परिचित छन् । भुसालले शनिबार अपरान्ह ४.३० बजे नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गरी नेकपा प्रवेशको औपचारिक घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्