भरतपुर अस्पतालमा बिरामी कुरुवा घर

bharatpur-hospital
लाेकपाटी न्यूज

भरतपुर, ५ माघ । चितवनको भरतपुर अस्पतालमा आउने बिरामी कुरुवाका लागि अलग्गै सुविधासम्पन्न भवन बन्ने भएको छ ।

अस्पतालको करीब पाँच कठ्ठा जग्गामा सभाकक्षसहितको अत्यधुनिक कुरुवा घर बन्ने सघन शहरी तथा भवन निर्माण आयोजनाका प्रमुख कुमार घिमिरेले बताए ।

उक्त आयोजनाको चौँथो चरणअन्तर्गत रु. छ करोडको लागतमा दुई वर्षभित्र सो भवन निर्माण गर्ने गरी रविना–जोशी–फूलजोर जेभीसँग निर्माण सम्झौता गरिएको छ । कुरुवा घरमा ५० श्यया रहनेछन् ।

कुरुवा घरभित्र रेष्टुरेण्ट, पार्किङ, सभाहलसमेत हुने उनले बताए । अस्पताल भवन साँघुरो हुँदा बिरामीका कुरुवा यत्रतत्र अलपत्र बस्दै आएका थिए । छसय शैयाको उक्त अस्पतालमा दैनिक करीब एक हजार बिरामी स्वास्थ्य जाँच गराउन आउने गरेकामा ४५० बिरामी भर्ना हुने गरेको अस्पतालले जनाएको छ ।

अहिले बिरामीको चाप भएका अस्पतालहरुमा पनि बिरामीका आफन्त भुइँमा सुत्नुपर्ने बाध्यता छ । बिरामी र उनका आफन्तको सुविधालाई ध्यानमा राखी अस्पतालले बिरामी कुरुवा घर बनाउन लागेको हो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्