ओलीका मतदाता न्याय नपाए काठमाडौंमै अनशन बस्ने

KP Sharma Oli
लाेकपाटी न्यूज

काठमाडौं, ३ माघ । सुरक्षाको माग गर्दै काठमाडौँ आइपुगेका प्रधानमन्त्री केपी शर्मा ओलीका मतदाताले आफ्नो मागउपर सुनुवाइ नभएको र १० दिन पर्खंदा पनि प्रधानमन्त्रीलाई भेट्न नदिइएकोले काठमाडौँमै रिले अनशन बस्ने चेतावनी दिएका छन् ।

झापामा स्थापना गर्न लागिएको दमक औद्योगिक क्षेत्र लिमिटेडले अधिग्रहण गरेको जग्गाको उचित मुआब्जाको माग गर्दा मुआब्जा दिनुको साटो उल्टै मोबाइलबाट ज्यान मार्ने धम्की आएको गुनासो उनीहरुले गरेका छन् ।

औद्योगिक क्षेत्र व्यवस्थापन संघर्ष समितिद्वारा बुधबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा समिति सचिव करनसिंह बस्नेतले अधिग्रहण गरिएको जग्गाबापत उचित मुआब्जा नदिइएको बताउनुभयो । यो खबर आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्