काठमाडौं, २ माघ । इन्टरनेट सेवा प्रदायक संघ ईस्पानले ‘सेवा प्रदायकहरुको इन्टरनेट सेवामा अवरोध आए त्यसको जिम्मेवार नेपाल विद्युत प्राधिकरण हुने बताएको छ ।
ईस्पानले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी प्राधिकरणले कुनै जानकारी र परामर्श विना नै यसै आर्थिक वर्षदेखि लागु हुने गरी ओपीजीडब्ल फाईबर प्रयोग गरे वापतको भाडादरमा ५ सयदेखि ६ सय प्रतिशतसम्म वृद्धि गरेकोमा आफुहरुको आपत्ती हेको बताएको हो ।
इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष भोजराज भट्टले व्यवसायलाई नै धरापमा पार्ने गरी प्राधिकरणबाट भएको भाडा वृद्धि आफूहरुलाई मान्य नहुने भन्दै उनले निर्णय खाजेर गर्न माग समेत गरेका छन् ।
इन्टरनेट सेवा प्रदायकहरुले हाल कायम रहेको ग्राहकसँग लिने इन्टरनेट सेवाको शुल्क पुरानै भाडादरलाई आधार मानी दिईरहेको भन्दै उनले प्राधिकरणको भाडावृद्धिले सिंगो व्यवसाय नै अन्योलमा परेको बताए ।
उनले सूचना प्रविधि तथा सञ्चार मन्त्रालयको नेतृत्वमा सरोकारवाला निकायको प्रतिनिधि रहने गरी उच्चस्तरीय समिति बनाई सोही समितिको सुझावका आधारमा भाडादर निर्धारण गर्न पनि माग गरे ।



लाेकपाटी न्यूज
