भरतपुर २ माघ । कृषिमन्त्री चक्रपाणि खनालले नेपालमा वैज्ञानिक पलायन हुने अवस्थाको अन्त्य गर्ने बताएका छन् ।
बुधबार राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुर चितवनको अवलोकनपछि आयोजित छलफल कार्यक्रममा मन्त्री खनालले नेपालका वैज्ञानिक पलायन हुने अवस्थाको अन्त्य गर्न अनुसन्धान केन्द्रमै अनुसन्धान गर्न आवश्यक रहेको बताएका हुन् ।
उनले राज्यको नीति, वैज्ञानिकको काम गर्ने क्षमता अथवा देशमा वातावरण के कारणले वैज्ञानिक पलायन भए भन्नेबारे अनुसन्धान गर्नुपर्ने बताए । मन्त्री खनालले कृषि अनुसन्धान परिषद् (नार्क) को अनुसन्धान गर्नुपर्ने बताउँदै कृषि क्षेत्रमा प्रगति गर्न नसक्नुको गल्ती कमजोरी खोजी गर्नुपर्ने आवश्यकता औँल्याए ।
आधुनिक कृषि प्रणालीमा अनुसन्धान र किसानलाई प्रविधिमा जोड्न सकेमात्र लाखौँ विदेशिने नेपाली युवालाई स्वदेशमै रोक्न सकिने उनको भनाइ छ ।



लाेकपाटी न्यूज

