नुवाकोट, १ माघ । नुवाकोटमा माघे सङ्क्रान्तिको अवसर पारेर मंगलबार ५१ हल गोरु जुधाइँदै छ ।
नुवाकोटको तारुका, बेत्रावती, पञ्चकन्याको घलेभञ्जयाङ, शिवपुरी गाउँपालिकाको शेरा बगर र लिखु गाउँपालिकाको कट्टि छापमा गोरु जुधाउन लागिएको हो ।
‘तारुकाको पौरख नेपालको गौरव’ भन्ने नारा सहित तार्केश्वर गाउँपालिका वडा नम्बर ३ तारुकामा २३ हल गोरु जुधाउन लागिएको छ । तारुकाको गोरु जुधाई मेलाको उद्घाटन युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले गरेका छन् ।
यस्तै नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १० बेत्रावतीमा ८ हल गोरु जुधाउनको लागि दर्ता भएको आयोजक गोसाइँकुण्ड युवा क्लबले जनाएको छ । यस्तै पञ्चकन्या गाउँपालिका वडा नम्बर ३ घलेभञ्जयाङ ९पिपलडाडा० मा ८ हल गोरु जुधाइने भएको छ । यस्तै लिखु गाउँपालिका वडा नम्बर ३ कट्टिछापमा ६ हल गोरु जुधाइने भएको छ ।
बझाङ्गी राजा विक्रमबहादुर सिंहको छोरा राजकुमार जयपृथ्वीबहादुर सिंहको उपस्थितीमा वि.सं १८८७ सालदेखि सुरु भएको गोरु जुधाई महोत्सवलाई २०६२ सालदेखि स्थानीय युवाहरुले सस्कृतिको संरक्षण तथा पर्यटन प्रबद्र्धनको लागि यसलाई व्यवस्थित रुपमा अगाडी बढाउँदै आएका छन् ।



लाेकपाटी न्यूज

