काठमाडौं । नयाँ वर्ष सन् २०१९ मा विश्वका चर्चित स्मार्टफोन कम्पनीहरु आफ्ना नयाँ प्रडक्ट सार्वजनिक गर्ने तयारीमा जुटिसकेका छन् । यस वर्ष पनि स्मार्टफोन प्रयोगकर्ताहरुले स्मार्टफोन उद्योगमा नयाँ प्रविधि, अन्वेषण तथा फिचरहरु देख्न पाउनेछन् ।
सन् २०१८ पनि स्मार्टफोनको हिसाबमा निकै महत्वपूर्ण रहन पुग्यो । यो अवधिमा धेरै कम्पनीहरुले उत्कृष्ट फिचर्सहरुको साथमा केही महत्वपूर्ण स्मार्टफोनहरु अघि बजारमा ल्याए । २०१८मा बजारमा आएका १० आकर्षक स्मर्टफोनहरु यस्ता छन् ।
१.सामसुङ ग्यालेक्सी एस ९ प्लस
सामसुङ ग्यालेक्सी एस९ प्लस २०१८ मा सार्वजनिक भएको सबैभन्दा आकर्षक स्मार्टफोनमध्येको एक हो । पछाडि सिसाको कभर, कर्भ डिस्प्लेले यसलाई थप आकर्षक बनाएको छ । बजारमा ल्याइएको यस स्मार्टफोन प्रयोगकर्ताहरुले निकै रुचाए ।
२. हुवावे मेट २० प्रो
हुवावे मेट २० प्रो पनि निकै आकर्षक स्मार्टफोन हो । यो स्मार्टफोन पनि सामसुङ एस९प्लस जस्तै आकर्षक देखिन्छ । कर्भ स्क्रिन, पातलो स्मार्टफोन, आकर्षक डिजाइनको कारण २०१८ मा सार्वजनिक भएको स्मार्टफोन धेरैको नजरमा पर्न सफल भएको छ ।
३. वान प्लास ६ टी
यो ग्रेडियन्ट कलरमा ल्याइएको कम्पनीको पहिलो स्मार्टफोन हो । वानप्लस ६टीको थन्डर पर्पल भेरियन्ट यस वर्षको आकर्षक स्मार्टफोनमध्ये हो । यो स्मार्टफोन वानप्लस ६टी आएको केही समयपछि सार्वजनिक गरिएको हो ।
४. आईफोन एक्सएस म्याक्स
यस वर्ष सार्वजनिक भएका स्मार्टफोनमध्ये एप्पलको आईफोन एक्सएस म्याक्स पनि आकर्षकको सूचीमा परेको छ । यो स्मार्टफोनमा प्रयोग गरिएको अगाडि र पछाडिको सिसा र रङको फरकले यसलाई थप आकर्षक बनाएको छ ।
५. आईफोन एक्सआर
एप्पलको अर्को उत्पादन आईफोन एक्स आर पनि आकर्षक स्मार्टफोनको सूचीमा परेको छ । यसमा पनि पछाडिको भागमा सिसा प्रयोग गरिएको छ । यसमा धेरै रङहरु प्रयोग गरिएको छ । जसमा निलो र रातो रङ विशेष आकर्षक देखिन्छन् । प्रयोग गर्न निकै सजिलो भएका कारण प्रयोगकर्ताहरुले यसलाई निकै रुचाए ।
६. गुगल पिक्सेल ३ एक्सएल
गुगलले २०१७ मा ल्याएको मोडल जस्तै २०१८ मा पनि यसको नयाँ मोडल सार्वजनिक गर्यो । यस मोडलमा केही पातलो र केही विशेष फिचर्सहरु थप गरिएका छन् ।
७. नोकिया ८.१
२०१८ को अन्त्य तिर मात्र सार्वजनिक गरिएको यो स्मार्टफोन निकै आकर्षक ढङ्गले निर्माण गरिएको छ । पछाडि प्रयोग गरिएको सिसा र किनारा घटाइएसँगै यो स्मार्टफोन पनि राम्रो देखिएको छ ।
८. ओप्पो आर १७ प्रो
ओप्पो आर १७ प्रो पनि २०१८ को अन्त्यतिर सार्वजनिक भएको हो । यसमा प्रयोग गरिएको ग्रेडियन्ट कलरले यसको शोभा बढाएको छ । यो स्मार्टफोन दुई रङमा बजारमा आएको हो ।
९. भिभो भी ११ प्रो
भिभो भी११ प्रो पनि निकै आकर्षक ढङ्गले निर्माण गरिएको स्मार्टफोन हो । यो स्मार्टफोनका लागि प्रयोग गरिएको रङ झट्ट हेर्दा मानिसको आँखा जाने किसिमको छ ।
१०. अनर ८ एक्स
अनर ८ एक्स स्मर्टफोन हुवावेको पी सेरिज जस्तै रहेको छ । यो स्मार्टफोन पनि वर्ष २०१८ को आकर्षक स्मार्टफोनको सूचीमा परेको छ ।



लाेकपाटी न्यूज

