ब्लड ग्रुप अनुसार कसले के खाने ?

food
लाेकपाटी न्यूज

काठमाडौं । रोगमुक्त हुनु तथा स्वस्थ्य रहनु शरीरको स्वभाविक अवस्था हो । रोग, विकार, कष्ट, दुख वा दुर्बलता अस्वभाविक अवस्था हो ।

जो व्यक्ति प्राकृतिक जीवन होइन, कृतिम वा भौतिक जीवनमा डुब्छन्, उनीहरु स्वास्थ्यप्रति लापरवाही हुन्छन् । यसको कारण शरीरमा रोग लाग्छ । यसमा खानपानको गडबडी एक ठूलो कारण हो ।

मानिसको शरीरलाई स्वस्थ र निरोगी बनाई राख्नको लागि बिभिन्न प्रकारका पौष्टिक तत्वहरुको आवश्यकता पर्दछ र खानेकुरा के खाने र के नखाने भन्नेमा ब्यक्ति आँफैलाई थाहा भएको हुन्छ ।

तर मानिसको ब्लड ग्रुप अनुसार सन्तुलित भोजन छनोट गर्न नसक्दा पनि मानिसमा बिभिन्न किसिमका रोगहरु लाग्न सक्छ । पोषण विज्ञहरुका अनुसार खानामा लेसिटिन नामक प्रोटिन हुन्छ जसले रगतमा हुने एन्टिजिनसँग प्रतिक्रिया गर्दछ । त्यसैले रक्तसमूह अनुसारको खानेकुराको संयोजन गलत भएमा यसले विभिन्न खालका स्वास्थ्य समस्या निम्त्याउँने बताएका छन् । कुन ब्लड ग्रुप भएका ब्यक्तिले के खाने र के नखाने भन्ने विषयमा केहि जानकारी राखौँ ।

ब्लड ग्रुप ‘ओ’

यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ । ओ ब्लड ग्रुप भएका मानिसहरुका लागि मासु तथा माछाको सेवन उपयुक्त हुन्छ । यसका लागि त्यस्ता ब्यक्तिहरुले सागपात तथा फलफूल पर्याप्त मात्रामा खानुपर्दछ ।

ब्लड ग्रुप ‘ए’

रक्तसमूह भएका मानिसहरुमा दुधजन्य पदार्थको एलर्जीको समस्या बढि पाइने गरेको छ । मासुजन्य पदार्थहरु पचाउने क्षमता पनि कम हुने गर्छ । त्यसैले उनीहरुले दुग्धजन्य पदार्थ तथा माछामासु कम खानु उपयुक्त हुन्छ । ए रक्तसमूह भएका मानिसहरुले आफ्नो भोजनमा साकाहारी चिजलाई बढि समावेश गराउनुपर्छ । फलफूल, सागपात, अन्न, गेडागुडी लगायतका चिजहरु खानु राम्रो मानिन्छ ।

ब्लड ग्रुप ‘बी’

‘बी’ब्लड ग्रुपका मानिसहरुले तेलहन जन्य वस्तुहरु जस्तै तिल, बदाम आदि कम खानुपर्दछ । किनकी यो रक्तसमूह भएका मानिसहरुमा तेलहन पदार्थ पचाउन सक्ने क्षमता कमजोर हुन्छ । यीनीहरुले दुग्धजन्य पदार्थ, अन्न, माछा मासु भने पर्याप्त मात्रामा खान सक्छन् ।

ब्लड ग्रुप ‘एबी’

त्यस्ता ब्यक्तिहरुले लगभग सबै खाले खानेकुरा खान सक्छन् । किनकी यिनीहरुको पाचन प्रणाली अन्य रक्तसमूहका मानिसहरुको भन्दा बढि सक्रिय तथा सक्षम हुन्छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्