काठमाडौं, २६ पुस । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली बिहीबार भारतको राजधानी नयाँदिल्ली जाने भएका छन्।
मन्त्री ज्ञवाली रायसिना डायलगको चौथो संस्करणमा भाग लिन भारत जान लागेका परराष्ट्र मन्त्रालयले जनाएको छ । उनी बिहीबार सो कार्यक्रमलाई सम्बोधन गर्ने छन् । मन्त्री ज्ञवाली अब्जर्भर रिसर्च फाउन्डेसनद्वारा भारतीय विदेश मन्त्रालयको सहकार्यमा हुने कार्यक्रममा सहभागी हुनेछन्।
यस वर्षको रायसिना डाइलगको विषय ‘अ वल्र्ड रिअर्डरः न्यु जिओमेट्रिक्स, फ्ल्युड पार्टनरसिप, अनसर्टेन आउटकम्स’ तय गरिएको बताइएको छ ।
भ्रमणक्रममा ज्ञवालीले भारत सरकारका उच्च अधिकारीसँग समेत भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनी शुक्रबार स्वदेश फर्कने छन् ।



लाेकपाटी न्यूज

