काठमाडौं, २५ पुस । २०७५ पुस २५ गते बुधबारको राशिफल :
मेष
मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । समाजसेवामा मन लाग्नेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ । नयाँ काम सुरु गर्ने समय आएको छ ।
मिथुन
घरायसी कामधन्दाका लागि खट्नु पर्नेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्ला । चोटपटकको भय छ, सचेत रहनुहोला । मनमा दुविधा उत्पन्न हुनेछ ।
सिंह
पार्टी तथा सेमिनारमा सहभागी भइएला । परिश्रमअनुसार उपलब्धी पनि राम्रै पाइएला । विद्या र बुद्धिको विकास हुनेछ । प्रयत्न गरे फाइदा लिन सकिनेछ ।
तुला
गरेका काममा ढिलासुस्ती हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । आलस्य उत्पन्न भई दैनिक कार्य ओझेलमा पर्न सक्छ ।
धनु
व्यापार व्यावसायमा वैदेशिक क्षेत्रसँग सम्बन्धित कारोबार फस्टाएर जानेछ भने वैदेशिक यात्रा तय गर्न सकिनेछ । आफन्त र साथीभाइबाट सहयोग प्राप्त हुनेछ ।
कुम्भ
काममा केही प्रतिस्पर्धा र चुनौती सामना गर्नपर्ला । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ । विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ ।
वृष
उन्नति एवं प्रगतिको वातावरण बन्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । घर, जग्गाको कारोबारमा सफलता मिल्नेछ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ ।
कर्कट
शुभकार्यको चर्चा चल्नेछ । धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । रोकिएको धन हात पर्ला ।
कन्या
रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ । साथीभाइबाट बढी फाइदा लिने समय छ । आर्थिक कारोबारमा सफलता पाइएला ।
वृश्चिक
विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । रचनात्मक काममा जुट्ने समय छ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । प्रेम सम्बन्ध कसिलो होला ।
मकर
नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । मन पर्ने व्यक्तिसँग भेटघाट हुनेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ ।
मीन
रोकिएका काम पुनः सुरु हुन सक्छन् । आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।
-ज्यो.प. नारायणप्रसाद दुलाल



लाेकपाटी न्यूज

