काठमाडौं, २५ पुस । नेपाली काँग्रेसले छायाँ सरकारको अभ्यास गर्ने भएको छ । मंगलबार बसेको संसदीय दलको बैठकमा हरेक सांसदलाई तीन वटा मन्त्रालय रोज्न भनिएको छ ।
काँग्रेसले संसदमा पार्टीको भूमिका प्रभावकारी बनाउन र सरकारका कामलाई अनुगमन गर्न छायाँ सरकार गठन गर्न लागेको सांसद प्रकाश स्नेहीले जानकारी दिए । यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।
यस अन्तर्गत नेकाले विशेष समिति गठन गर्नेछ । यी समितिमा सरकारका पुरै मन्त्रालय र विभाग हेर्ने गरी सांसद तोक्नेछ । कुन सांसदलाई कुन मन्त्रालय पर्यो भन्ने कुरा पछि जानकारी दिइनेछ ।


लाेकपाटी न्यूज