काठमाडौं, २४ पुस । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास निर्माण र पुनःनिर्माणको अभियानमा सत्तापक्ष र प्रतिपक्षसँगै रहेको बताएका छन्।
मंगलबार पुनःनिर्माण जिल्ला समन्वय समिति चितवनको बैठकमा उनले विकास निर्माणमा हामी सबै हातेमालो गरेर अघि बढ्न जरुरी रहेको बताए ।
सोमबार सत्तापक्ष र विपक्षीका नेताको गम्भीर बैठक बसेर सहमति गरेको बताउँदै उनले राष्ट्रिय मुद्दामा मिलेर काम गर्ने बारेमा प्रधानमन्त्री ओलीको अध्यक्षतामा शेरबहादुर देउवा र आफुलगायत वरिष्ठ नेताको महत्वपूर्ण बैठक बसेर राष्ट्रिय मुद्दामा समझदारीका साथ जाने कुरा भएको बताए ।
उनले जिल्ला तहमा पनि जनप्रतिनिधि एक ठाउँमा बसेर पुनःनिर्माण र विकासका मुद्दामा छलफल गर्न सुझाव दिए । अध्यक्ष दाहालले भूकम्प प्रभावितलाई ऐलेनी र वनको जग्गामा पुनःनिर्माणमा परेको समस्या समाधान गर्न प्रधानमन्त्री समक्ष आग्रह गर्ने समेत बताए ।



लाेकपाटी न्यूज

