काठमाडौं । विज्ञान र प्रविधिका क्षेत्रमा संसार निकै अगाडी पुगिसकेको अवस्थामा सन् २०१८ पनि सूचना प्रविधिका हिसाबले अगाडी नै रह्यो ।
प्रविधिको पहुँच र प्रयोग बढ्दै जाँदा माइक्रो सफ्ट एप स्टोरले विन्डोजको लागि ल्याएको सफ्टवेयर तथा एप्सहरु निकै नै चर्चित र लोकप्रिय भए । उनीहरुले ती एप्सहरुको माध्यबाट आफ्नो कम्प्युटरलाई छिटो, छरितो र परपर्दो रुपमा उपयोग गरी महत्वपूर्ण कामहरु समेत गर्न सफल भए।
सन् २०१८मा केही एप्सहरु आए र गए तर केही यस्ता एप्सहरु पनि आए जसले मानिसको जीवनमा छाप छोड्न सफल भए । मानिसहरुको दिमागमा त्यही एप्सले आफ्नो कब्जा जमायो । माइक्रोसफ्टले घरदेखि अफिससम्म सबैको हातहातमा थुप्रै एप्सहरु ल्याइदिए । ती मध्येका केहि एप्सहरुका बारे जानौँ ।
१. माइक्रोसफ्ट टुडू (निस्शुल्क)
माइक्रोसफ्टका एप्सहरु मध्ये टू डू एप्स निकै लोकप्रिय मानिन्छ । यसलाई विन्डोज एप्स स्टोरमा सजिलै भेट्न सकिन्छ । साथै माइक्रोसफ्टमा यसबाट मानिसहरुको लिस्ट संक्षेपमा बनाउन मद्दत पुग्छ ।
यो कुनै विशेष प्रकारको फेशन नभइ उनीहरुको काममा विशेष भुमिका खेल्दछ । यसले प्रयोगकर्तालाई प्रत्येक दिनमा आइपर्ने कार्यक्रम र भेटघाटको समय, स्थान र भेट्नु पर्ने व्यक्ति वा संस्थाको बारेमा जानकारी दिन्छ ।
२. माइक्रोसफ्ट स्टिकी नोट्स (निस्शुल्क)
यो माइक्रोसफ्टको पुरानो एप मानिए पनि हाल सम्म यो निकै रुचाइएको छ । यो एप यस वर्षमात्रै थप नयाँ रंगमा नयाँ फिचरसहित पुन आएको छ । यसलाई प्रयोगकर्ताहरुले कुनै महतवपूर्ण सूचनाहरु थाहा पाउनको लागि कम्प्युटरको स्क्रीनमा राख्ने गर्दछन् ।
अफिसको समयमा व्यस्त हुने कर्मचारी, बैंकर, पत्रकार वा लेखकलाई समय, कार्यक्रम र स्थानको जानकारी दिएर यस एपले उनीहरुको मन जित्न सफल भएको छ ।
३. माइक्रोसफ्ट ह्वाइट बोर्ड (निस्शुल्क)
ह्वाइटबोडलाई माइक्रोसफ्टको घरेलु उत्पादनका रुपमा लिइन्छ । यसलाई सन् २०१८मै माइक्रोसफ्टले सार्वजनिक गरेको हो । यसले स्टिकी नोट जस्तै तर एकै पटक सामूहिक रुपमा काम गर्न मद्दत गर्दछ । यसमा प्रयोगकर्ताहरुले आफूलाई लागेको नक्सा वा चित्र कोर्न वा लेख्न समेत सक्छन् ।
यसले विश्वभरमा मानिसहरुलाई व्यावसायिक रुपमा काम गर्न ठुलो मद्दत गरिरहेको छ । यसलाई साधारण नागरिकदेखि बैंकर, कलाकार वा आर्किटेक्चरले समेत प्रयोग गर्दै आएका छन्। । खासगरी स्कुले बालबालिकालाई समेत श्रव्यदृश्यको माध्यमबाट विद्यालयको होमवर्क गराउने उपयुक्त माध्यम बनेको छ ।
४. माइक्रोसफ्ट वान नोट (निस्शुल्क)
यस्तै वर्षको अन्तिममा आएर माइक्रोसफ्टले वान नोट नामक पेपरमा लेखे जस्तै हुने खालको एप लिएर आएको थियो । यसका केहि विशेषतासहित नोटबुकलाई विश्व बजारमा उतारियो । यसलाई प्रयोगकर्ताले झनै रुचाएको देखिन्छ ।
वान नोट हातले लेखेका नोटहरुलाई टिपोट गरेर भर्चुअल बनाइ दिने, फोटोहरु मिलाइदिने काममा सहयोग गर्दछ । त्यसैले यो मानिसहरुका लागि उपयुक्त माध्यम बनेको छ ।
५. एलेक्जा एप (निस्शुल्क)
विश्वमा सबैभन्दा धेरै अनलाइन कारोबार गर्ने प्लेटफर्म अमेजनले एलेक्जालाई माइक्रोसफ्टको स्टोरमा लिएर आएको थियो । यसले आवाजको माध्यमबाट क्यालेन्डर थाहा पाउने, लिस्टहरु बनाइदिने, म्यूजिक बजाइदिने, प्रश्नको उत्तरहरु भनिदिने र समाचारहरु समेत पढिदिने काममा सहयोग गर्दै आएपछि यसलाई प्रयोगकर्ताहरुले निकै रुचाए ।
यसलाई प्रयोगकर्ताले आफ्नो कम्प्युटरमा हालेपछि स्मार्टफोनलाई समेत नियन्त्रणमा राख्न सकिन्छ । यस्तै आवाजले समेत प्रयोगकर्ताले कम्प्युटरमा आफूले चाहे बमोजिमको कार्य गराउने सक्छन् ।



लाेकपाटी न्यूज

