९० घण्टा बोलेर केसीले राखे गिनिज बुकमा रेकर्ड

KTM_Hitman Shakya
लाेकपाटी न्यूज

काठमाडौं, २४ पुस । ९० घण्टा २ मिनेट लगातार भाषण गरेर अनन्तराम केसीले गिनिज बुक अफ वर्ल्डमा नाम लेखाएका छन् ।

सोमबार भृकुटीमण्डपमा व्यक्तित्व विकास मनोशक्ति जागरण अभियानको आयोजनामा विश्वको सबैभन्दा लामो ९० घन्टा २ मिनेटको वक्तव्यमा गिनिज बुकमा रेकर्ड राख्न सफल भएका उत्पे्ररक वक्ता अनन्तराम केसीलाई सम्मान गरिएको थियो ।

केसीले लगातार ९० घण्टा २ मिनेट भाषण गरेका हुन् । केसीलाई सोमबार प्रतिनिधि सभाका सांसद हितबहादुर तामाङले प्रमाणपत्रबाट सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्