काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’गृह जिल्लाका विभिन्न कार्यक्रमलाई सम्बोधन गर्न आज चितवन जाँदैछन् ।
मंगलबार प्रचण्डले राष्ट्रिय पूनर्निर्माण प्राधिकरणद्वारा आयोजित जिल्लाको पूनर्निर्माण विषयक कार्यक्रमलाई सम्बोधन गर्नेछन् । कार्यक्रममा चितवन जिल्लाको पूनर्निर्माणको प्रगति र चुनौतिबारे समीक्षा हुनेछ ।
मंगलबार नै अध्यक्ष प्रचण्डले भरतपुर महानगरपालिका–१९ मा रहेको किरण अमरजंग गुरुङ माध्यमिक विद्यालयको स्वर्ण महोत्सवलाई सम्बोधन गर्नेछन् ।
चितवन उद्योग–वाणिज्य संघको आयोजनामा हुने लागेको १२ औं चितवन महोत्सवको प्रचण्डले बुधबार (भोलि) उद्घाटन गर्नेछन् । गृह जिल्लामा रहँदा प्रचण्डका अन्य कार्यक्रम पनि रहेको उनको सचिवालयले जनाएको छ ।



लाेकपाटी न्यूज

