‘गल्ती गरे मन्त्री जान्छन्, पत्रकारले लेख्दैमा दोषी हुँदैनन्’ : नेता पौडेल

Devendra Poudel
लाेकपाटी न्यूज

काठमाडौं, २३ पुस । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवं सांसद देवेन्द्र पौडेलले पत्रकारले लेख्दैमा मन्त्रीले राजीनामा नदिने बताएका छन् । सोमबार रिपोर्टर्स् क्लबको कार्यक्रममा पौडेलले उक्त कुरा बताएका हुन् ।

वाइडबडी खरिद प्रकरणबारे टिप्प्णी गर्दै पौडेलले भने, ‘यस विषयमा कसैले पनि उफ्री–पाफ्री नगरे हुन्छ । सरकारले उच्चस्तरीय छानबिन समिति बनाएको छ । कसैले लेख्यो भन्दैमा कसैलाई कारबाही हुँदैन । गल्ती गरेको भए कुनै पनि मन्त्री बच्ने छैनन् । तर, पूर्वाग्रही राखेर कसैको विरोधमा लाग्छु भनेर कसैले सोचेको भए सरकारले त्यसको प्रतिबाद गर्छ ।’

राष्ट्रपति विद्यादेवी भण्डारीलाई किन विलासिता चाहियो भनेर सोधेको एक प्रश्नमा उनले भने, ‘राष्ट्रपति भनेको संस्था हो । यो निकायलाई सुरक्षाको निम्ति गाडीको व्यवस्था गर्ने कुरा वा सुरक्षा संयन्त्रको व्यवस्था गर्ने कुरा हुन्छ । यो संस्थाका लागि चाहिने साधन स्रोतको व्यवस्था गर्नुपर्छ । यो त राज्यको आवश्यकता हो । तर, सम्माननीय राष्ट्रपतिज्यूले अहिलेसम्म मलाई यो चाहियो, उ, चाहियो भनेर भन्नुभएको छैन ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्