अलमलमै प्लास्टिक झोला प्रतिबन्ध योजना

Plastic Bag
लाेकपाटी न्यूज

काठमाडौं, २३ पुस । काठमाडौंमा दैनिक निस्कने फोहोरमा ७० प्रतिशतभन्दा बढी प्लास्टिकजन्य हुन्छन् । २० माइक्रोनभन्दा कमका झोला उत्पादन गर्न काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले वातावरणलाई असर पार्ने प्लास्टिकजन्य झोला बिक्रीवितरण तथा प्रयोजन निषेध कार्यक्रम सार्वजनिक गरेका थिए । तर, कार्यान्वयन भएन ।

यस विषयमा अघिल्लो वर्ष महानगरले कार्ययोजनासमेत तयार पार्‍यो । सरोकारवालासँग छलफल पनि चलायो। छलफलमा व्यवसायीले २० माइक्रोनभन्दा बढीका झोला उत्पादन रोक्ने प्रतिबद्धता व्यक्त गरे । तर, ती प्रतिबद्धता कागजमै सीमित रहे । अनुगमनको जिम्मा पाएको महानगरले पनि व्यवसायीका प्रतिबद्धतालाई कडाइ गर्न सकेन ।

टेकुमा रहेको महानगरको वातावरण व्यवस्थापन विभाग अव्यवस्थित छ । कार्यालय वरपर नै प्लास्टिकजन्य फोहोरको डंगुर भेटिन्छ । काठमाडौं बढी प्रदूषित हुनुमा प्लास्टिकजन्य फोहोर पनि प्रमुख कारण रहेको विज्ञहरू औंल्याउँछन् । ‘मुख्य कुरा अनुगमन फितलो भो। कार्यान्वयन गर्ने निकाय कडा ढंगले प्रस्तुत नहुँदा वातावरण प्रदूषित बनेको हो’, वातावरणविद भूषण तुलाधरले भने । यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

विशेषगरी जाडोमा आगा ताप्ने उद्देश्यले प्लास्टिकजन्य वस्तु बाल्ने प्रवृत्तिलाई रोक्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्