काठमाडौं, २२ पुस । प्रमुख प्रतितपक्ष दल नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसदमा दिएको वक्तव्यमाथि प्रश्न गर्न नपाए सदन अवरुद्ध पार्ने चेतावनी दिएको छ । काँग्रेसको सोही अडानको कारण संसद बैठक सूचना टाँस गरी २५ गतेसम्मका लागि स्थगित गरिएको छ ।
प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेपछि काँग्रेसका सांसदहरुले प्रश्नोत्तर गर्न पाउनुपर्ने भन्दै संसदमा चर्को नाराबाजी गरेका थिए । नाराबाजीपछि सभामुख कृष्णबहादुर महराले बैठक पन्ध्र मिनेटका लागि स्थगित गरेका थिए । बैठक स्थगित भएपछिको छलफलमा पनि काँग्रेसले सोही अडान दोहोर्याएपछि सूचना टाँस गरी बैठक स्थगित गरिएको हो ।
बैठक अवरोधपछि काँग्रेसका सांसद गगनकुमार थापाले सभामुख कृष्णबहादुर महरा सदनमा हुकुमी शैलीमा प्रस्तुत भएको आरोप लगाएका छन् । उनले प्रधानमन्त्रीले तथ्याङ्क तोडमोड गरेर ल्याएको र त्यसमा आफूहरुले प्रश्न गर्न पाउनुपर्ने विषयमा सभामुखले सरकारको बचाउ गरेको बताए ।
सभामुख कुनै पनि पार्टीको नभई सभामुखकै रुपमा प्रस्तुत हुनुपर्ने सांसद थापाको तर्क छ ।



लाेकपाटी न्यूज

