काठमाडौं, २२ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारको प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने भएका छन् । कार्य व्यस्तताका कारण उनको शुक्रबारको बैठकलाई गर्ने भनिएको सम्बोधन स्थगित भएको थियो ।
उनले सांसदहरुले उठाएका प्रश्न र समसामयिक विषयका बारेमा संसदमा सम्बोधन गर्ने बताइएको छ । प्रधानमन्त्रीले दिउँसो १ बजेको बैठकमा सम्बोधन गर्ने तय भएको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
कृषि तथा पशुपन्छी विकासमन्त्री चत्रपाणी खनालले आजको बैठकमा जीवनाशक विषादी व्यवस्थापन विधेयकमाथि विचार गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्ने कार्यसुचि रहेको छ ।



लाेकपाटी न्यूज

