‘पर्यटनका लागि गुरुयोजना बनाऔं’

tourism
लाेकपाटी न्यूज

नवलपरासी । पश्चिम नवलपरासीको विकासका लागि स्थानीय तहहरुले तत्काल गुरुयोजना बनाएर पर्यटन विकासमा केन्द्रित हुन जरुरी रहेको सरोकारवालाहरुले जोड दिएका छन् ।

नेपाल पर्यटन पत्रकार महासंघको पाँचौ स्थापना दिवसको अवसरमा नवलपरासी शाखाले सोमबार परासीमा गरेको पर्यटन र सञ्चार’ विषयक अन्तक्र्रिया कार्यक्रममा सहभागीहरुले गुरुयोजनामा जोड दिएका हुन् ।

पर्यटन पूर्वाधार, संरक्षण, सम्बद्र्धन, प्रचारप्रसार, लगानीको वातावरण नहुँदा पर्यटनको प्रचुर सम्भावना भएर पनि नवलपरासी जिल्लाका पर्यटकीय स्थलमा लगानी हुन नसकेको भन्दै प्रदेश सांसद बैजनाथ जयसवालले आफूले पटकपटक प्रदेशसभामा यस विषयमा कुरा उठाएपनि बजेट छुट्याउँदा विभेद हुने गरेको बताए ।

नेपाल पर्यटन पत्रकार महासंघ नवलपरासी शाखाका अध्यक्ष मोहन पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर राय, प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने, रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र गुप्ता, होटल तथा रेष्टुरेण्ट व्यावसायी संघका जिल्ला अध्यक्ष रमेश पाण्डे, उद्योग वाणिज्य संघका उपाध्यक्ष राजेश गुप्ता, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नन्दलाल पौडेल, नागरिक समाजका अध्यक्ष शम्भु उपाध्याय लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्