काठमाडौं, १५ पुस । इन्टरनेट सेवा प्रदायकले सम्झौताको पाँच महिना बित्दा पनि सरकारले ध्यान नदिएको भन्दै पुस १५ देखि शुल्क बढाउने चेतावनी दिएका थिए ।
तर सरकारले दुरसञ्चार नियमवाली संशोधन गरी कार्यान्वयन गर्ने आश्वासन दिएपछि इन्टरनेट सेवा प्रदायकले सेवा मूल्य तत्काल नबढाउने भएका छन् । सम्झौता अनुसार नै काम हुने आश्वासनपछि व्यवसायी पछि हटेका हुन् ।
इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसन अफ नेपालका एक सदस्यले तत्काल शुल्क बढाउने निर्णय स्थगित भएको बताएका छन् ।
सरकारले ०७५र७६ को बजेटमा इन्टरनेटमा १३ प्रतिशत अतिरिक्त दूरसंचार सेवा शुल्क लगाउने नीति ल्याएपछि इन्टरनेट सेवा प्रदायकहरुले आफ्नो सेवा शुल्क बढाउने बताएका थिए ।
सरकारले लगाउने अतिरिक्त कर ग्राहकबाटै असुल्ने भन्दैे भन्दै सेवा प्रदायकहरुले साउन १ गतेदेखि नै मूल्य बढाउने घोषणा गरेका थिए ।
तर, सरकारले सेवा प्रदायकहरुलाई बोलाएर मूल्य नबढाउन भन्दै दुरसञ्चार नियमवाली नै संशोधन गर्ने आश्वासन दिँदै इन्टरनेटको मूल्य समायोजन गर्ने सहमति गरेको थियो ।



लाेकपाटी न्यूज