कर्मचारी समायोजन प्रक्रियामा समस्या

Samanya prashan Mantralaya
लाेकपाटी न्यूज

काठमाडौं, १३ पुस । केही दिनअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजनको सूचना जारी गर्‍यो । तर, समायोजक प्रक्रियामा समस्या देखिएको छ ।

फाराम इन्ट्री हुने सफ्टवयर इन्स्टल नहुँदा समायोजन प्रक्रिया अघि बढ्न नसकिएको मन्त्रालयका सहसचिव तथा प्रवक्ता सुरेश अधिकारीले बताए । उनका अनुसार सफ्टवेयर इन्स्टल हुन अझै तीन दिन लाग्छ । सफ्टवयर इन्स्टल भएपछि मात्र समायोजनको फारम भर्ने कर्मचारीको दर्ता सुरु हुने प्रवक्ता अधिकारीले जानकारी दिए ।

सरकारले गत महिना कर्मचारी समायोजन अध्यादेश २०७५ जारी गरेको थियो । तर, स्थानीय कर्मचारीहरु समायोजनमा जान तयार छैनन् । उनीहरुले समायोजनमा नजानका लागि आन्दोलनका कार्यक्रम अघि सारेका छन् । यसैको समाधानका लागि मन्त्रालयले समय सीमा तोकेको बताइएको छ ।

कर्मचारी समायोजन प्रक्रियालाई सजिलो बनाउन लागि मन्त्रालय संघीय निजामती सेवा ऐन जारी गर्ने तयारी थालेको छ । प्रवक्ता अधिकारीका अनुसार उक्त ऐन अबको दुई-तीन दिनभित्रै हुने र असन्तुष्ट कर्मचारीहरुको समस्या हल हुनेछ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्