संसद बैठक : कुन नेताले के बोले ?

samsad
लाेकपाटी न्यूज

काठमाडौँ, ११ पुस । प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न राजनीतिक दलका सांसदले शान्तिसुरक्षा तथा भ्रष्टाचारलगायत मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे सरकार र सदनको ध्यानाकर्षण गराएका छन् ।

बैठकमा भाग लिने सांसदले जनतासँग प्रत्यक्ष सरोकार राख्ने शिक्षा, सङ्घीय, मामिलामा सबैभन्दा भ्रष्टाचार भएको तथ्याङ्क अख्तियार दुरुपयोग आयोगबाट आउनुले समाजमा भ्रष्टाचार व्याप्त छ भन्ने पुष्टि गरेको बताएका हुन् । उनीहरुले सरकारले जनअपेक्षाअनुसार काम गर्नुपर्नेमा जोड पनि दिए ।

सङ्घीय समाजवादी फोरम नेपालका सांसद राजेन्द्र श्रेष्ठले पुनर्निर्माणको अभियानमा समानताका आधारमा अघि बढाउन तथा समुदाय विशेषका आधारमा नभई सबै जातजातिका चाडपर्वमा समान हिसाबले बिदा दिने व्यवस्था गर्न सुझाव दिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङदेनले दुईतिहाइ सरकारले विकास र समृद्धिको गतिलाई अघि बढाउन नसक्नुमा व्यक्ति दोषी होइन, प्रणालीकै कमजोरी भएको बताए । ‘प्रणाली दोषी छ, त्यसको समाधानतिर सोचौं’ उनले भने ।

राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले संविधानले धर्म निरपेक्ष गरेको राष्ट्रमा एउटा धर्मको सहआयोजक सरकार बन्नुले समाजमा प्रश्न उठेको बताउँदै शान्तिसुरक्ष कायम गर्ने विषयमा पनि सरकार कमजोर साबित भएको आरोप लगाइन् ।

नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाल वायु सेवा निगमको वाइड बडी जहाज खरीदमा घोटला भएको हुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अघिकारीको राजीनामा माग गरे ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्