भोजपुर, ११ पुस । भोजपुरको पौवादुङमा आगलागीबाट रु १० लाखभन्दा बढीको क्षति भएको छ ।
पौवादुङ गाउँपालिका–४ का स्थानीय सनमान पौडेलको घरमा गएराति आगलागी भएको हो । आगलागीबाट रु १० लाख ५५ हजारको क्षति भएको प्रहरीले जनाएको छ ।
पौडेलको घरमा रहेका अन्नपात, लत्ताकपडालगायत सम्पूर्ण सामग्री जलेर नष्ट भएपछि स्थानीयवासीको सहयोगमा प्रहरीले आगो नियन्त्रणमा लिएको थियो ।
गाउँपालिकाका तर्फबाट आगलागी पीडित पौडेललाई गाउँपालिकाका उपप्रमुख सम्झना राई र प्रमुख प्रशासकीय अधिकृत शालिकराम भट्टराईले रु. १० हजार राहत स्वरुप प्रदान गरे ।



लाेकपाटी न्यूज

